Section 12
विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले पैठारी तथा निकासी गर्ने मालवस्तुमा नेपाल सरकारले भन्सार महसुल छुट तथा अन्य सुविधा दिने


(१) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले पैठारी गर्ने मालवस्तुमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिफारिसमा देहाय बमोजिम सुविधा प्रदान गरिनेछः-

(क) उद्योगले आफ्ना मजदुर तथा कर्मचारी ओसार्नको लागि प्रयोग गर्न पैठारी गर्ने एक थान बस र मालवस्तु ढुवानी गर्ने दुई थान ढुवानी साधनमा एकपटकको लागि एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने गरी भन्सार महसुलमा छुट दिने,

तर त्यसरी भन्सार महसुल छुटमा पैठारी गरिएका सवारी तथा ढुवानी साधन नामसारी, बिक्री वा कुनै प्रकारले हक हस्तान्तरण गरेमा प्रचलित कानून बमोजिम पूरै महसुल लाग्नेछ ।

(ख) निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गरिने मालवस्तु उत्पादन गर्न आवश्यकपर्ने कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ (प्याकिङ्ग सामग्री समेत) पैठारी गर्दा लाग्ने भन्सार महसुल र अन्य महसुल बापतको रकमको सट्टा सो बराबरको बैङ्क जमानत लिई पैठारी गर्ने,

(ग) उद्योगलाई आगश्यकपर्ने प्लाण्ट, मेशिनरी यन्त्र उपकरण तथा पार्टपुर्जा पैठारी गर्दा लाग्ने महसुल बापतको रकमको सट्टा सो बराबरको बैङ्क जमानत लिई पैठारी गर्ने,

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “विशेष आर्थिक क्षेत्र” भन्नाले प्रचलित कानून बमोजिम नेपाल सरकारले तोकिदिएको क्षेत्र सम्झनु पर्छ ।

(१क) उपदफा (१) को खण्ड (ख) वा (ग) बमोजिम लिइएको बैंक जमानत जुन प्रयोजनको लागि लिइएको हो सो बमोजिमको काम सम्पन्न भएको व्यहोरा विशेष आर्थिक क्षेत्र प्राधिकरणबाट सिफारिससहित लेखि आएमा भन्सार कार्यालयले त्यस्तो जमानत फुकुवा गरिदिनु पर्नेछ ।

(२) कुनै पैठारीकर्ताले पैठारी गरेको मालवस्तु विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई तोकिए बमोजिम बिक्री गरेमा निजले त्यस्तो मालवस्तु पैठारी गर्दा भन्सार महसुल तिरेको रहेछ भने भन्सार कार्यालयले निजलाई त्यस्तो भन्सार महसुल तोकिए बमोजिम फिर्ता दिनेछ ।

(३) विशेष आर्थिक क्षेत्र बाहिर रहेको कुनै उद्योगले उत्पादन गरेको तयारी मालवस्तु विशेष आर्थिक क्षेत्रभित्र »स्थापित उद्योगलाई बिक्री गरेमा सो बिक्रीलाई निकासी गरे सरह मानी निकासी गर्दा पाए सरहको भन्सार महसुल तथा अन्य सुविधा प्रदान गरिनेछ ।

(४) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले भन्सार महसुल छुटमा पैठारी भएका कच्चा पदार्थबाट तयार भएका मालवस्तु सम्बन्धित उद्योगले नेपालमा खपत गर्ने गरी बिक्री गरेमा त्यस्तो मालवस्तुमा प्रयोग भएको कच्चा पदार्थमा लाग्ने महसुल बुझाएपछि मात्र त्यस्तो मालवस्तु विशेष आर्थिक क्षेत्र बाहिर लैजान दिइनेछ ।

(५) विशेष आर्थिक क्षेत्रमा ७स्थापित उद्योगले विशेष आर्थिक क्षेत्रभित्र वा बाहिर कसैलाई महसुल छुटमा आयात गरेको मालवस्तुको स्वामित्व हस्तान्तरण गर्ने सम्बन्धमा प्रक्रिया तोकी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आदेश जारी गर्न सक्नेछ । त्यस्तो आदेशको पालना गर्नु सम्बन्धित उद्योगको कर्तव्य हुनेछ ।

(६) विशेष आर्थिक क्षेत्रमा स्थापित कुनै उद्योग सौ क्षेत्र बाहिर स्थानान्तरण हुन चाहेमा त्यस्तो उद्योगले यस दफा बमोजिम छुट पाएको मूल्य अभिवृद्धि कर बाहेक अन्य महसुल सम्बन्धित भन्सार कार्यालयमा बुझाएपछि सम्बन्धित निकायले स्थानान्तरण गर्न स्वीकृति दिनु पर्नेछ ।